अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निरु विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

निरु विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन


सुर्खेत – कालिकोटको खाँडाचक्र नगरपालिका–६ की १४ वर्षीया निरु विकको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाई कानूनी कारबाहीको माग गर्दै जिल्लामा बिहीबार विरोध  प्रदर्शन गरिएको छ । बलात्कारपछि हत्या गरेर मकैबारीमा फालेको दुई महीना बितिसक्दा पनि दोषीलाई कानूनी दायरामा  नसकेको भन्दै प्रदर्शन गरिएको हो ।

दलित महिला संघकी केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिलामाथि भएको घटनालाई राज्यले बेवास्ता गरेको आरोप लगाइएकी छन् । उहाँले दलितका सवालमा अहिले पनि राज्यले विभेदको दृष्टिले हेर्ने गरेको बताउनुभयो ।

निरु विकलाई न्याय दे, हत्यारालाई कारबाही गर, मानवअधिकारको संरक्षण गरलगाएतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरी प्रतिमा चोकमा कोणसभा गरेका थिए ।

जुलुसमा दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित जनप्रतिनिधिलगाएतको सहभागिता रहेको थियो ।