अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीका आठवटा वडामा एमालेको अधिवेशन सम्पन्न, अन्यमा भोलि

बैतडीका आठवटा वडामा एमालेको अधिवेशन सम्पन्न, अन्यमा भोलि


बैतडी – नेकपा एमालेले हालसम्म बैतडीका आठवटा वडाहरूको अधिवेशन सम्पन्न गरेको छ । अहिलेसम्म जिल्लाको दोगडाकेदार गाउँपालिकाका सातवटा वडाहरू र दशरथचन्द नगरपालिकाको एउटा वडामा अधिवेशन सम्पन्न गरेको हो । आठवटा वडाहरू रहेको दोगडाकेदार गाउँपालिकाको वडा-१ बाहेक सबै वडामा अधिवेशन सम्पन्न गरेको पार्टीका गाउँपालिका कमिटी अध्यक्ष काशीसिंह बिष्टले बताउनुभयो ।

दोगडाकेदार-२ मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यसैगरी वडा-३ मा करनराम भुल, वडा-४ मा तर्कराज भट्ट, वडा-५ मा मोहनसिंह कार्की, वडा-६ मा नैनसिंह गोयला, वडा-७ मा महादेव भट्ट र वडा-८ मा डम्बरबहादुर बिष्टको अध्यक्षतामा वडा कमिटीहरू बनाइएको उहाँले बताउनुभयो ।

३१ सदस्यीय उक्त वडा कमिटीहरूमा कम्तीमा १० जना महिलालाई समावेश गरिएको बिष्टले जानकारी दिनुभयो । वडा अधिवेशन सम्पन्न गरिएको जिल्लाको दशरथचन्द नगरपालिका-७ मा हरिदत्त बडूको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

वडाहरूमा भएका अधिवेशनबाट अहिलेसम्म सर्वसम्मतिमै नयाँ नेतृत्व चयन गरेको एमाले बैतडीका कार्यालय सचिव सरस्वती नेपालीले बताउनुभयो ।

अधिवेशन गर्न बाँकी बैतडीका ७६ वटै वडामा भोलि (शुक्रबार) एकै दिन अधिवेशन सम्पन्न गर्ने तयारी भएको कार्यालय सचिव नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनका लागि सबै वडामा तयारी पूरा भइसकेको छ ।