अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

ललितपुरको तुलसीलाल प्रतिष्ठान च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।