अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यद्वारा शपथ

एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यद्वारा शपथ


काठमाडौं – नेकपा एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

कुन्दन कुशवाह र मोहम्मद समीरले पद तथा गोपनीयताको सपथ लिएका हुन् । उहाँहरूलाई एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य नियुक्त गरेको थियो ।

शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।