अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा नेकपा एमालेको वडा अधिवेशन हुँदै

कैलालीमा नेकपा एमालेको वडा अधिवेशन हुँदै


कैलाली- नेकपा एमाले कैलालीको वडा अधिवेशन आज हुँदै छ । देशका अन्य स्थानहरूमा कात्तिक ६ गते वडा अधिवेशन भएपनि कैलाली लगायत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आज वडा अधिवेशन भइरहेको हो ।

बाढी र पहिरोले ठूलो क्षति गरेपछि सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन गर्ने र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो । केही पहाडी जिल्लाका केही क्षेत्रमा यसअघि नै वडा अधिवेशन भइसकेको छ ।

कैलालीमा रहेको १३ स्थानीय तहका १२६ वडाहरूमा आज एकै दिन वडा अधिवेशन शुरु भएको एमाले कैलालीका जिल्ला सदस्य भुवन रिजालले बताउनुभयो ।