अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको एमालेप्रति माया, विश्वास र भरोसा छ : ओली

जनताको एमालेप्रति माया, विश्वास र भरोसा छ : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टी कमजोर छ भन्ने भ्रम पर्न दिन नहुने बताउनुभयो ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जनताको भरोसा एमालेप्रति नै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्, ‘आम जनताको हामीप्रति माया, विश्वास र भरोसा छ । नेकपा एमालेले मात्रै जनताका लागि गर्छ र अरु कुनै पार्टीले गर्दैनन् भन्ने विश्वास आम जनतामा छ । त्यसैले जनतामा एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन ।’

विपक्षीले भ्रम पार्न खोजेको भए पनि त्यसलाई चिर्ने गरी अगाडि बढ्न ओलीले निर्देशन दिनुभएको छ ।  उहाँले भन्नुभयो, ‘विपक्षीहरूमा पनि कुनै भ्रम छ भने ती प्रयासहरुलाई पनि पराजित गर्ने गरी अगाडि बढ्न जरुरी छ ।’