अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह

बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह


काठमाडौं – वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेको बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो ।

तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जानकारी दिनुभयो । उहाँका अनुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ ।

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघोषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वोच्चमा बहस बहिस्कार गरेको थियो ।

शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।