अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी

प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी


काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित भएका छन् । पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए । तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्नुभएको थियो । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसकेका छन् । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् ।