काठमाडौं– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या बढेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी सदस्यबाट १ हजार ५३६ जना प्रतिनिधि चयन गर्ने निर्णय गरे पनि आज बसेको केन्द्रीय कमिटी बैठकममा अध्यक्षज्यूले दुई हजार भन्दा कम प्रतिनिधि हुने गरी अर्थात् १९९९ नबढ्ने गरी प्रतिनिधि चयन गर्न प्रस्ताव गर्नुभएको थियो । केन्द्रिय सदस्य देवेन्द्र दाहालले नेपाली बहसडटकमसँग भन्नुभयो, ‘अध्यक्षज्यूको प्रस्ताव केन्द्रीय कमिटिले सर्वसमत अनुमोदन गरेको छ ।’
एमालेले प्रतिनिधि छनोट २७ गते गर्ने भएको छ। साथै बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।





प्रतिक्रिया