अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीका ७८ वडामा एमाले अधिवेशन सम्पन्न, ६ वडामा आज

बैतडीका ७८ वडामा एमाले अधिवेशन सम्पन्न, ६ वडामा आज


बैतडी – बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो ।

दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताउनुभयो।

दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । वडा २ मा खड्कसिंह बोहरा, वडा ३ मा राजेन्द्र नाथ,  वडा ४ मा प्रेम बोगटी,  वडा ५ मा नमराज भट्ट, वडा ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताउनुभयो ।

शिवनाथ गाउँपालिका-१ मा माधव चाड, वडा २ मा प्रकाश साउँद, वडा ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन् ।

मेलौली नगरपालिका-१ मा प्रेमराम दयाल, २ मा खगेन्द्र वड, ३ मा हिम्मत चन्द, ४ मा मोहन चन्द, ५ मा तिलक सिंह पुजारा, ८ मा बहादुर ठगुन्ना र ९ मा अशोकबहादुर चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सदस्य बलभद्र दयालले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिका-१ मा कृष्ण घटाल, २ मा देवबहादुर चन्द, ३ मा बलवीर जोशी, ४ मा प्रकाश चन्द र  ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिका-१ मा उत्तम जोशी, २ मा उमापति भट्ट, । ३ मा करनराम भूल, ४ मा तर्कराज भट्ट, ५ मा मोहनसिंह कार्की, ७ मा नैनसिंह गोयला र ८ मा डम्बर विष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

पाटन-१ मा गणेशदत्त भट्टराई, २ मा महेशप्रसाद पन्त, ३ मा प्रेमसिंह विष्ट, ५ मा भरतसिंह ठगुन्ना, ७  मा कर्ण पेला, ८ मा हरिदत्त भट्ट, ९ मा इन्द्रसिंह बोहरा र १० मा मन्धिरसिंह साउद भए ।

पुर्चौडी नगरपालिका-१ मा जनकराज जोशी,  २ मा हेमराज पन्त, ३ मा लक्ष्मण धामी, ४ मा बल्देव धानुक, ५ मा वीरसिंह बोहरा, ६ मा नारदप्रसाद अवस्थी, ७ मा देवसिंह ऐरी,  ८ करनबहादुर धामी,  ९ मा लोकेन्द्रबहादुर विष्ट र १० मा धनबहादुर महरा अध्यक्षमा चयन भएका छन् ।

सूर्नया गाउँपालिका १ मा उद्धबहादुर चन्द, २मा बिष्णुबहादुर विष्ट, ४ मा वीरेन्द्रसिंह महरा, ५ मा धौलसिंह मडै, ६ मा मदन कुँवर, ७ मा हर्कबहादुर कुँवर र ८ मा धनी साउँदको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

डिलाशैनी गाउँपालिका-१ को अध्यक्षमा वीरेन्द्र महरा, २ मा जंगबहादुर घरडी, ३ मा गोकर्ण राना, ४ मा महेश पन्त, ५ मा कृष्णनाथ योगी, ६ मा धनसिंह माल र ७ मा जनक धामी चयन भएका छन् ।

सिगास गाउँपालिका-१ मा धनीराम भट्ट, २ मा कृष्णसिंह धामी, ३ मा मानसिंह ढाट, ४ मा मीनबहादुर बोहरा, ५ मा सुरेन्द्रसिंह धामी, ६ मा कालु दमाई, ७ मा कुटुक साउँद, ८ मा डम्बरसिंह बोहरा र  ९ मा जनकसिंह धामी अध्यक्ष बनेका छन् ।