अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न


जाजरकोट – आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ । छवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ । ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

आगामी आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ ।  त्यसैगरी मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिनुभयो । सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उहाँको भनाइ छ ।

डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताउनुभयो ।

अधिवेशका क्रममा माओवादीको पटक क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको बुढाले बताउनुभयो । विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताएको छ ।