काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
शनिबार बिहान उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको हो । पूजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण समेत गर्नुभयो ।
भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेका नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।













प्रतिक्रिया