अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न : थोरै भात र एउटा रोटी खाने मलाई किन चाहियो करोडौंका भाँडा?

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न : थोरै भात र एउटा रोटी खाने मलाई किन चाहियो करोडौंका भाँडा?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना बारेमा करोडौंका भाँडाकुडाँ बटुलेको भनेर कथा हालेको बताउनुभएको छ ।

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले थोरै भात र एउटा रोटी खाने आफूलाई त्यस्ता भाँडाकुँडा आवश्यक नभएको बताउनुभयो ।

हिजो चितवनमा प्रचण्डले बालुवाटार हुँदा केपी ओलीकोमा करौडौंका भाँडाकुडाँ देखेर आफू र शेरबहादुर देउवा अचम्म परेको बताउनुभएको थियो । ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । के को सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ,उसलाई खाना खानुप¥यो होला । भाँडाकुँडा चाहियो होला । श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंका भाँडाकुँडा चाहियो ?’ कार्यक्रममा ओलीले भन्नुभयो ‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करौडौंका भाँडाकुँडा किन चाहियो ?’