अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन गर्न नसक्ने पार्टीले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली

महाधिवेशन गर्न नसक्ने पार्टीले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताउनुभयो ।

काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो ।

‘कांग्रेस महाधिवेशनको आयोजना गर्न सक्ने अवस्थामा छैन । पाँच वर्ष वितिसक्दा पनि महाधिवेशन गर्न सकेको छैन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन,’ ओलीले भन्नुयो, ‘कांग्रेस बुढो भयो, विचार र सिद्धान्तले पनि बुढो छ । कुनै लक्ष्य र विचार विनाको कांग्रेस । महाधिवशेन गर्न नसक्ने पार्टीले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’ उहाँले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताउनुभयो ।

उहाँले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए । सो कार्यक्रममा उहाँले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिनुभयो । ‘राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी हो,’ ओलीले भन्नुभयो, ‘बुढेसकालमा चुप लागेर घर बस्नु वेश हुन्छ, जे पायो त्यही बोल्दै हिड्नु राम्रो होइन ।’