अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग


काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले माग गरेको छ ।

अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले जारी गरेको विज्ञप्तिमा तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ । पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ ।

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।