काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन सुरु गरेको छ ।
पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर गरेको प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइराला, बारका पूर्वअध्यक्ष शम्भू थापालगायत सहभागी छन् ।
बारबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन् ।





प्रतिक्रिया