उदयपुर- उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतामाई गाउँपालिका वडा नम्बर ८ खमारे बस्ने ४१ वर्षीय डम्बरबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । आइतबार मगरको घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको लाइनमा छोई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलको अनुसन्धान गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ ।
प्रतिक्रिया