नुवाकोट -नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा नुवाकोट जिल्लामा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्नुपर्ने बताउनुभएको छ । । आज एमालेको विदुरनगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताउनुभयो ।
बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै कम्तीमा १३८ सिटमा जित जित्नुपर्ने बताउनुभयो । उहाँले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताउनुभयो ।
कांग्रेसले पटक पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताउनुभयो । उहाँले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताउनुभयो । नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताउनुभयो । उहाँले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताउनुभयो ।





प्रतिक्रिया