अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको प्रदेश कमिटी भन्दा एमालेको जिल्ला कमिटी नै गौरविलो भन्दै फर्किए बखतबहादुर

नेकपा एसको प्रदेश कमिटी भन्दा एमालेको जिल्ला कमिटी नै गौरविलो भन्दै फर्किए बखतबहादुर


सुर्खेत – नेकपा एकीकृत समाजवादीक कर्णाली प्रदेश कमिटी सदस्य बखतबहादुर खत्री एमालेमै फर्किनु भएको छ ।
एमाले केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार खत्री नेताहरुसँगको छलफलपछि पार्टीमै फर्कनुभएको हो । नेकपा एसको एक तह माथीको जिम्मेवारी भन्दा एमालेको एक तहको मुनीको जिम्मेवारी बहन गर्नुमा नै आफूलाई गौरव लागेको खत्रीले बताउनुभयो । एमाले सुर्खेतको जिल्ला कमिटीका सचिवालय सदस्य खत्रीलाई एसले प्रदेश कमिटी सदस्य बनाएको थियो । उहाँ आजबाट एमालेको जिल्ला सचिवालय सदस्यकै रुपमा सक्रिय हुने रिजालले बताउनुभयो ।