अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री आचार्यले राजीनामा दिने

प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री आचार्यले राजीनामा दिने


मोरङ— प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिनु हुने भएको छ ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गर्नुभएको छ ।

एमालेका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारीमा नै रहेको तर विश्वासको मत नपाउने अवस्थामा प्रदेशसभा बैठकमा राजीनामा दिने बताउनुभयो ।

विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा आइतबार बेलुकादेखि नै राखिएको छ ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् ।