काठमाडौं – नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उहाँलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।
अहिले उहाँको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
प्रतिक्रिया