काठमाडौं – यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११: ०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।
‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ : ०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले बताउनुभयो । बुधबारबाट यमपञ्चक शुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।
यस वर्ष तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । पर्सी बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रतिक्रिया