अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनको शालिकमा माल्यार्पण गर्न अध्यक्ष ओली मुग्लिन पुग्नुभयो

मदनको शालिकमा माल्यार्पण गर्न अध्यक्ष ओली मुग्लिन पुग्नुभयो


काठमाडौं – एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन जानुभएको छ । केही समयअघि मुग्लिन पुग्नुभएका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए ।

अध्यक्ष ओली दासढुंगा हुँदै भरतपुर जानुहुनेछ । उहाँले दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुहुनेछ ।

एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन जानुभएको हो ।

नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन पुगिसक्नुभएको छ । दुवैले सौराहा पुगेर एमालेको दशौं महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गर्नुभएको छ ।