अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गर्नुभएको हो ।

आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको थियो । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज (सोमवार)का लागि बैठक बोलाइएको थियो ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाको एक सांसद छ ।

विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उहाँले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको उहाँले दाबी गर्नुभयो । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसेको उहाँले बताउनुभयो ।