अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिने घोषणा

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिने घोषणा


कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उहाँले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले बताउनुभयो ।

कांग्रेस-माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो । त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिनुभएको थियो । राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याबिनेट बैठक बोलाएका छन् ।

शाहीले सोमबारको क्याबिनेट लगत्तै राजीनामा घोषणा गर्न लागेको एक मन्त्रीले बताउनुभयो ।