नवलपरासी – नवलपरासीमा नेपाली कांग्रेसका वडा सदस्य नेकपा एमालेमा प्रवेश गर्नुभको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका २ का वडा सदस्य सन्तोष खनाल कांग्रेस छोडेर एमाले प्रवेश गर्नुभएको हो ।
खनाल नवलपरासीमा आयोजित एमाले भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला भेलाका अवसरमा एमाले प्रवेश गरेको नवलपरासी एमाले पार्टीले जनाएको छ । खनाललाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वैजनाथ चौधरी लगायतले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया