विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको छ । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।
प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गर्नुभएको छ ।
प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले आज राजीनामाको घोषणा गर्नुभएको हो ।








प्रतिक्रिया