अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल


चितवन – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाउनुभएको छ ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उहाँलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उहाँले आरोप लगाउनुभयो ।

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचण्डको भन्डाफोर गर्ने उहाँले बताउनुभयो । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट शुरु हुने बादलको भनाइ छ ।

एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।