चितवन -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो पार्टी बनाउन नभएर देश बनाउनका लागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताउनु भएको छ ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो एमालेलाई ठूलो पार्टी बनाउन होइन, देश बनाउन बर्चस्व चाहिएको हो,देश बनाउन बहुमत चाहिएको हो ।
देश बनाउने पार्टी नेकपा एमाले मात्र रहेको उहाँले बताउनुभयो । देश बनाउने नीति एमालेसँग मात्र भएको बताउँदै उहाँले भन्नुभयो कांग्रेसले देश बनाउने कुरा गरेको कहिल्ये सुन्नुभएको छ ।
एमालेबाट चोइटिएको पार्टीले एकीकृत समाजवादी नाम राखेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ( ुदक्षिणपन्थी नेतृत्वमा समाजवादी ।ु





प्रतिक्रिया