दैलेख – नेकपा एमालेका नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालीन नेकपाको बहुमत आएको बताउनुभयो ।
आज आठबीस नगर कमिटीको पहिलो अधिवेशनलाई उदघाटन गर्दै नेता शाहले दुर्इ पार्टीबीच कार्यगत एकता भएको र त्यसैमा ओलीको छविका कारण बहुमत आएको बताउनुभयो । उहाँले केही स्वार्थीहरु मात्रै चोइटिएर गएको बताउनुभयो । अहिले नेकपा एमाले थप बलियो भएको बताउनुहुँदै अधिवेशनमा सकेसम्म सर्वसम्मत, क्षमतावान नेता कार्यकर्तालाई छान्न सुझाव दिनुभयो ।
यसैबीच, नेकपा एमालेको अधिवेशन उदघाटन सत्रमा आठबीस नगरपालिका–१ मा तीन कार्यकाल कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भक्तबहादुर थापा, सोही वडाका लालबहादुर थापा र वडा नम्बर ६ राँताका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका छन् ।
अधिवेशनमा नगर अध्यक्षमा अमरबहादुर माझी, छिताराम विक, हर्कबहादुर शाही, पर्वसिंह विक, दिपेन्द्रराज खनाल, वीरबहादुर माक्र्सवादी, हिक्मत बस्नेत र हरि शाहीको दाबी रहेको छ ।






प्रतिक्रिया