अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी


विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गर्नुभएको छ ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उहाँले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गर्नुभएको छ ।