अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि

सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि


काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से) मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ । सोमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ ।

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै, सोमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेव विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ ।