अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा चितवन कब्जा गर्छौं, सूर्यको जमाना आयो : केपी ओली

आगामी चुनावमा चितवन कब्जा गर्छौं, सूर्यको जमाना आयो : केपी ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताउनुभयो ।

एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गर्नुभयो । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

”चितवनमा महाधिवेशन गर्ने भनेका के थियौं । मानिलिउ यो जिल्ला मेरो मात्रै जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्न कुन ठूलो कुरा हो र ?  हामीले पहिले बुटबलमा महाधिवेशन गर्‍यौं  नेपालगंजमा गर्‍यौं   । जनकपुरमा गर्‍यौं । किन छटपटि ?’ उहाँले प्रश्न गर्नुभयो, ‘महाधिवेशन गरेर मात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्ने जस्तो पो गर्छन् ।’

अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गर्नुभयो । ‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आए । अब जनता लाटा छैनन् झण्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उहाँले भन्नुभयो ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क समेत गर्नुभयो ।