अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा एक्लै एमालेसँग लडेर देखाउन सत्ता गठबन्धनलाई महासचिव पोखरेलको चुनौती

चुनावमा एक्लै एमालेसँग लडेर देखाउन सत्ता गठबन्धनलाई महासचिव पोखरेलको चुनौती


काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभएको छ । उहाँले अहिलेको गठबन्धन एमालेको विरुद्धमा बनेको उहाँले दाबी गर्नुभयो ।

आज नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले संविधान र कानूनको ठाडो उल्लंघन गरिरहेको समेत आरोप लगाउनुभयो ।

सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको उहाँले बताउनुभयो ।