चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटी भएको ? भनेर प्रश्न गर्नुभएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आउनुभएका ओलीले उक्त प्रश्न गर्नुभएको हो ।
एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध लड्नकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको केही दिनअघि बताउनुभएको थियो ।
चितवनमा महाधिवेशन गरे पनि वा नगरे पनि एमालेले स्वतः जित्ने उहाँले दाबी गर्नुभयो । ‘जनताले पनि एकचोटि धोका पाए । हामीले पनि पायौँ । झण्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टी ध्वस्त पारे । अबको चुनावमा माओवादीकै कार्यकर्ताले सूर्य चिह्नमा मतदान गर्ने उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार केही समयमा आफैँ खुइलिएर जाने समेत बताउनुभयो । जालझेल र सेटिङ मिलाएर सरकार बनाएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया