चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्म चितवनको अध्योध्यापुरीमै भएको दाबी गर्नुभएको छ ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो अध्ययन गर्दै जाँदा रामको जन्मभूमि अयोध्यापुरी नै भएको तथ्य फेला पारेको हो ।
‘रामायण लेखिएको वाल्मीकि आश्रम छँदै छ । देवघाट यहीँ छ । तीन हजार वर्ष अगाडि धेरै कुरा यहाँ भएका थिए । समय क्रममा सभ्यता कमजोर भएर गयो, छोपियो । अब हामीले पुरानो सभ्यता उठाउनु छ,’ ओलीले भन्नुभयो ।





प्रतिक्रिया