अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले ३ वर्ष ८ महिनापछि राजीनामा दिनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ ।

सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गर्नुहुँदै राजीनामा घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताउनुभयो । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दाबी गर्नुभयो ।

मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ । त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

कस्तो बन्ला भावी सरकार

मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएपछि नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी सहभागी हुनेछन् ।

फ्लोर क्रस गरेर मन्त्री भएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको छ । तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य देवी ओलीले बताउनुभयो ।

कर्णाली प्रदेशमा हाल आठवटा मन्त्रालय रहेका छन् । आठवटामध्ये माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।