अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री बनिनसक्दै बियर उडाएर उत्सव मनाएको भन्दै राई विवादमा

मुख्यमन्त्री बनिनसक्दै बियर उडाएर उत्सव मनाएको भन्दै राई विवादमा


सुनसरी– प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएपछि विवाद भएको छ ।

पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिनुभएको हो ।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साट्नुभयो । उहाँले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उहाँले केक काटेर बियर उडाउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै च्याम्पियन फोडेर खुसीयाली मनाउनुभएको छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उहाँले च्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गर्नुभएको छ । उहाँको आज शपथ छ ।