अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?

भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?


काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिनुभएको छ ।

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री श्रेष्ठले आफ्नो लागि मन्त्रालय विल्कुल नयाँ भएको र बुझेर धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

सञ्चारकर्मीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेपछि नापी विभागले उक्त भूभागमा क्षेत्रफल नापेर बढेको तथ्यांक सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए । मन्त्रालय अधिकांश सञ्चारकर्मीको जोड यहीँ विषयमा थियो ।‘क्षेत्रफल गोप्य राखियो । कर्मचारीलाई बोल्न दिइएको छैन । पाठ्यपुस्तकबाट पनि हटाइयो । आधिकारिक क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?’ भनेर सोधेका थिए ।

सञ्चारकर्मीले नेपाल भारतबीच नियमित सीमांकनको काम पनि चुच्चे नक्साकै कारण नभइरहेको, सीमा बैठक पनि प्रभावित भइरहेको प्रश्न पनि उठाएका थिए ।

तर मन्त्री श्रेष्ठले सुझाव लिनमात्रै बोलाएको भन्दै एक लाइनमा जवाफ दिनुभयो, ‘नेपालको क्षेत्रफलमा के रहेछ स्थिति बुझ्छु । बुझेर भन्छु ।’ उहाँले बोलेर भन्दा कामबाट जवाफ दिने पनि बताउनुभयो ।