चितवन -चितवन भ्रमणको दोस्रो दिन पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार अहिले जिल्लाका स्थानीय तहका नेताहरुसँग अध्यक्ष ओलीले छलफल गरिरहनु भएको छ । साढे १० बजे माडीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । ‘माडीका स्थानीय जनताले विकास निर्माण र माओवादीको बस एम्बुसमा परेर मृत्यू भएका परिवार र घाइतेहरुले पनि भेट्ने कार्यक्रम छ’ रावलले नेपाली बहस डट कमसँग भन्नुभयो ‘माडीमा गतवर्ष स्थापना भएको राम मन्दिरको बारेमा पनि राय सुझाव लिने कार्यक्रम छ ।’
यसैगरी आजै अध्यक्ष ओली जननेता मदन भण्डारीको शव भेटिएको ठाँउ गाडीपुर पनि जाने कार्यक्रम छ । त्यस्तै १० औं महाधिवेशनको उद्ध्घाटन स्थल नारायणी किनारको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै नारायणीमा सञ्चालन भएको क्रुजको पनि निरीक्षण गर्ने कार्यक्रम राखिएको छ । अध्यक्ष ओली आज साँझ भरपुरमा बस्ने कार्यक्रम छ ।





प्रतिक्रिया