अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी दुतावासमा कार्यरत नेपाली कर्मचारीको जनगणना अनलाइनबाट गरिने

विदेशी दुतावासमा कार्यरत नेपाली कर्मचारीको जनगणना अनलाइनबाट गरिने


काठमाडौं -केन्द्रीय तथ्यांक विभागले पहिलो पटक विदेशस्थित ४० वटा कूटनीतिक नियोगमा ‘ई–सेन्सस’ (अनलाइनबाट जनगणना) लिने भएको छ ।
यसका लागि कुटनीतिक नियोगमा कार्यरत ४० जना कर्मचारीलाई अनलाइन मार्फत तालिम दिइएको छ । ‘ई–सेन्सस’मा कुटनीतिक नियोगमा कार्यरत कर्मचारी र उनीहरुसँग विदेशमै बसिरहेका परिवारको गणना गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवं जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
लामिछानेका अनुसार अबुधाबी, ओटावा, इस्लामावाद, कायरो, कुवेत, कोपन हेगन, कोलम्बो, क्यानवेरा, क्वलालम्पुर, टोकियो, ढाका, तेलअबिब, दोहा, नयाँ दिल्लीमा ‘ई–सेन्सस’ हुनेछ । यसैगरी पेरिस, प्रिटोरिया, बर्लिन, ब्रसेल्स, बेइजिङ, बैंकक, ब्रासिलिया, म्याड्रिड, मस्कट, मनामा, मस्को, याङ्गुन, रियाद, लन्डन, वासिङ्टन डिसी र सियोल, स्थानीय नियोग न्युयोर्कमा पनि ‘ई–सेन्सस’ हुदैछ । त्यसैगरी जेनेभा तथा नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेद्दा, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा पनि यही प्रविधीबाट जनगणना हुने विभागले जनाएको छ ।