अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले भन्नुभएको थियो- रक्सी नखानु, नयाँ मुख्यमन्त्रीले गर्नुभयो बियर पार्टी

माधव नेपालले भन्नुभएको थियो- रक्सी नखानु, नयाँ मुख्यमन्त्रीले गर्नुभयो बियर पार्टी


काठमाडौं- असोज २४ गते पार्टीका नयाँ मन्त्रीलाई नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आचरणको पाठ पढाउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका-बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहन्छु ।’

१ नम्बर प्रदेशका नयाँ मुख्यमन्त्री (शपथ हुन बाँकी) राजेन्द्र राईले भने सोमबार साँझ इटहरीमा एउटा होटलमा बियर पार्टी गर्नुभयो । नेपालले क्लाइन्टसँग नबस्नु भन्नुभएको थियो, पार्टीको आयोजना होटल व्यवसायीले नै गरेको पुष्टि भएको छ ।

त्यसो त फ्लोर क्रस हुने भयले विपक्षी गठबन्धनले विराटनगरको बिग होटलमा आफ्ना सांसदलाई सबै सुविधासहित होटलबास गराएको थियो ।

राईको बियर पार्टी विवादित मात्र बनेको छैन माधव नेपालको नैतिकता र आचरणको पाठ उहाँका फलोअरले कसरी पूरा गर्छन् भन्ने पनि देखिएको छ ।