अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले षडयन्त्र गरेर सरकारबाट हटाए :  केपी ओली

एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले षडयन्त्र गरेर सरकारबाट हटाए :  केपी ओली


चितवन-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताउनुभएको छ ।  अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकारबाट हटाएको बताउनुभयो ।

एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने प्रतिक्रिया दिनुभयो । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सबै दल मिलेर ५२ प्रतिशत पुर्‍याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताउनुभयो । बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताउनुभयो । उहाँले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो । ‘हामीले जिताइ दिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भन्नुभयो, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’

एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन सकेर ओली माडीको अयोध्यापुरी जानुभएका छन् । भगवान रामको जन्म माडीमा भएको बताउँदै आएका ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।