विराटनगर – नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।







प्रतिक्रिया