अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्धा नहेर्ने

सर्वोच्चका न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्धा नहेर्ने


काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो ।

प्रधानन्यायाधीशले आफुलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए । तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन् । एक न्यायाधीशका अनुसार न्यायाधीशहरुको आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको हो ।

जबराले आफूबाहेक आजका लागि ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाईका लागि पेसी तोकेका थिए ।

मुद्दा सुनुवाइ रोकेर थप रणनीति बनाउन न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्याधीशको भूमिकाप्रति असन्तुष्ट हुँदै मुद्दा छाडेर छलफलमा जुटेको एक न्यायाधीशले बताउनुभयो ।