विराटनगर- काँग्रेस, माओवादी लगायत पाँचदलको समर्थन नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश नं १ को मूख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
५०जना सांसदको हस्ताक्षरमा समाजवादी संसदीय दलका नेता राई मुख्यमन्त्री चयन हुनुभएको हो । राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री हुनुभएको छ ।
राईलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
भीम आचार्यले राजीनामा दिएपछि आज दिउँसो १ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान भएअनुसार गठबन्धनको तर्फबाट राईको नाम दाबी गरिएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राईको केहीबेरमा सपथ हुने प्रदेशप्रमुखको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया