अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार ८४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका २३० कम्पनीले नौ करोड ७७ लाख ४४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब ७ करोड ३७ लाख बराबरको कारोबार भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।