अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशनको प्रचार योजना छलफल

एमालेको १० औं महाधिवेशनको प्रचार योजना छलफल


काठमाडौं- नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारलाई आधुनिक प्रविधीको प्रयोगबाट व्यापक बनाउन सुझाव दिएका छन्।
आज पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पार्टीका जनवर्गीय संगठनका प्रचार विभाग प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले देशको सबभन्दा ठूलो पार्टीको महाधिवेशन कार्यकर्ताका लागि मात्र नभएर सम्पूर्ण जनताका लागि नै अनुभुत हुने गरीकोे बनाउनु पर्ने सुझाव दिएका छन् । त्यसका लागि प्रचार सामग्री समाजका सबै तप्काका जनताको प्रतिनिधित्व हुने,उनीहरुले अपनत्व महसुष गर्ने र स्थानीय भाषामा समेत तयार गर्नुपर्ने सुझाएका छन् ।
तुलसीला स्मृति प्रतिष्ठानमा आज आयोजना गरिएको कार्यक्रममा चितवनमा ५ लाख जनता उतार्ने भनेर गरिएको प्रचारलाई मूर्त रुप दिन राजनीति बाहेक चितवनका पर्यटन,साँस्कृति,शिक्षा,स्वास्थ्य,कृषि जस्ता क्षेत्रको पनि प्रवद्र्धन हुने प्रकारका प्रचार सामग्री बनाएर वितरण गर्नुपर्ने सुझावहरु आएका छन् ।
प्रचार प्रसारको लागि आम सञ्चार माध्यमका अतिरिक्त सामाजिक सञ्जाल(फेसबुक,टिकटक,इन्टाग्राम,लिंकडेन,ट्विटर आदि)को व्यापक उपयोग गर्न सबैले सुझाव दिएका छन् । एमालेको नवौं महाधिवेशन ‘हाइटेक’का रुपमा चर्चित भएकोले १० औं महाधिवेशनलाई पनि विशेष प्रकारले उद्घाटन गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । खासगरी प्याराग्लाइडिङबाट पुष्पअर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नु उपयुक्त र नौलो विधी हुने सहभागीहरुको सुझाव छ ।
कार्यक्रममा जीफन्टका तर्फबाट किरण माली, अमरध्वज लामा,अनेमसंघकी सर्मीला कार्की,वैदेशिक रोजगार व्यावसायीको तर्फबाट रोहन गुरुङ,जातीय मुक्ती समाजबाट कृष्ण गजमेर,प्रगतिशिल इन्जिनियर एसोसिएसनका तर्फबाट रन्जना भट्ट,अनेरास्ववियूबाट आरसी लामिछाने,नेपाल मुस्लिम इत्तेहात संगठनबाट जुनिउद्धिन अन्सारी,मानव अधिकार एलाइन्सबाट बिदुर सुवेदी,नेपाल भुमीहिन सुकुम्बासी संगठनबाट इन्द्र तामाङ लगायत २६ जनाले १० औं महाधिवेशनको प्रचार शैलीलाई अत्याधुनिक बनाउनु पर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेको यस पटकको महाधिवेशन विगत भन्दा फरक हुने बताउनुभयो । यसवर्ष विधान महाधिवेशन पहिले नै गरिसकिएकोले नेतृत्वको बिषमा मात्र महाधिवेशनमा चर्चा हुने बताउनुभयो । उहाँले सम्पूर्ण जनसंगठनलाई आफ्नो तर्फबाट पनि प्रचारको योजना बनाउन आग्रह गर्नुभएको छ । ‘प्रचारका विषयवश्तु र माध्यमका बारेमा आज आएका सुझावहरु महत्वपूर्ण छन् ’ भट्टराईले भन्नुभयो ‘ति सबैलाई हामीले ग्रहण गर्नेर्छौं ।’
प्रचार विभाग उपप्रमुख सूर्य थापाले सबै जनसंगठनहरुको छलफलले महाधिवेशनको प्रचार गर्न सहज हुने बताउनुभयो । ‘तपाईंहरुले दिएको सुझावका आधारमा हामी प्रचारको कार्ययोजना बनाउँदछौं’ थापाले भन्नुभयो ।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको १० औं महाधिवेशन हुँदैछ ।