अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन


विराटनगर – नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री,  माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ ।