काठमाडौं – पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा १४० थपिएका छन् । जसमध्ये काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन् ।
प्रतिक्रिया